उकालो लाग्यो सेयर बजार
आठ दशमलव बजार बढ्दा चार अर्ब १४ करोडको सेयर किनबेच
काठमाडौं ।
सेयर बजार परिसूचक उकालो लागेको छ । अघिल्लो दिन ३९ दशमलव छ अंकले उकालो लागेको बजार परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार आठ दशमलव २७ अंकले उकालो लागेर १९ सय ६४ दशमलव दुुई अंकमा पुुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ३२ अंकले उकालो लागेर तीन सय ७४ दशमलव दुई अंकमा पुगेको छ ।
यसदिन १२ वटा उपसमूहअन्र्तगतका दुुई सय चारवटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसबाट ३९ हजार चार सय १० पटकको कारोबारमा ९८ लाख ८३ हजार एक सय ९७ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कुुल कारोबार रकम भने चार अर्ब १४ करोड ६३ लाख २१ हजार ५० रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका उपसमूहमध्ये दुुईवटा उप समूहको सूचक ओरालो लागेर १० वटाको उकालो लागेका छन् । तीमध्ये पनि विकास बैंक समूहको सूचक तीन दशमलव ८८ अंंकले ओरालो लागेर २१ सय २८ दशमलव ६१ अंकमा झरेकोमा जलविद्युुत् समूहको सूचक पनि ७६ दशमलव ४५ अंकले ओरालो लागेर १७ सय ७३ दशमलव ९६ अंकमा झरेको छ ।
यसदिन वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ४६ अंकले उकालो लागेर १४ सय ३५ दशमलव ७७ अंकमा चढेकोमा ट्रेडिङ समूहको सूचक पनि ३८ दशमलव दुई अंकले उकालो लागेर १९ सय ७५ दशमलव पाँच अंकमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ७४ दशमलव २२ अंकले उकालो लागेर नौ हजार चार सय ६६ दशमलव २३ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि दुई सय छ दशमलव नौ अंकले उकालो लागेर १२ हजार ७९ दशमलव ८६ अंकमा चढेको छ । यीबाहेक होटल, फाइनान्स, उत्पादनमूल्क, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचकहरू पनि क्रमशः ३० दशमलव ६१, एक दशमलव ८५, एक सय १८ दशमलव ३२, १३ दशमलव १८, शून्य दशमलव ७८ र शून्य दशमलव शून्य एक अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको लिवर्टी इर्नर्जी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता दुई सय ४२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको प्रभुु बैंकको संस्थापक सेयरतर्फ पनि प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले नै बढेर एक सय ६५ रुपैयाँमा कारोबार भएको छ । यीबाहेक नारायणी डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने नौ दशमलव ८७ प्रतिशतले घटेर प्रतिकित्ता चार सय ७५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको रसुवागढी हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि आठ दशमलव ६१ प्रतिशतले घटेर तीन सय आठ रुपैयाँमा कारोबार भएको छ । यीबाहेक सिन्धु विकास बैंक, जोशी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १९ सय रुपैयाँ अन्तिम मूल्यमा ३७ करोड ३२ लाख चार सय ८६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको पनि प्रतिकित्ता १५ सय ४९ रुपैयाँ अन्तिम मूल्यमा ३५ करोड ३० लाख १० हजार नौ सय ७४ रुपैयाँको कारोबार भएको छ । यीबाहेक नेपाल टेलिकम, शिवम सिमेन्ट आदिको पनि बढी रकम कारोबार भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया