चारवटा बैंक तथा फाइनान्स कम्पनीहरूको सेयर मूल्य समायोजन
काठमाडौं ।
चारवटा बैंक तथा फाइनान्स कम्पनीहरूले सेयर मूल्य समायोजन गरेका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार साताको तेस्रो कारोबार दिन मंगलबार हिमालयन बैंकसहितका चारवटा संस्थाहरूले सेयर मूल्य समायोजन गरेका हुन् ।
सोमध्ये मितेरी डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन सय ३७ रुपैयाँ कायम गरेको छ । उक्त बैंकको पछिल्लो पटक तीन सय ८७ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको थियो । यसैगरी हिमालयन बैंकले पनि १४ प्रतिशत बोनस सेयर समायोजन गरी प्रतिकित्ता सेयर मूल्य पाँच सय ६१ रुपैयाँ तोकेको छ । बोनस समायोजन गरी हिमालयन बैंकको प्रतिकित्ता छ सय ३९ रुपैयाँ अन्तिम मूल्यमा सेयर किनबेच भएको थियो ।
नेप्सेका अनुसार लक्ष्मी बैंकले पनि सात प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुुई सय चार रुपैयाँ कायम गरेको छ । बोनस समायोजन अघि बैंकको प्रतिकित्ता दुई सय १८ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ । यसैगरी नागरिक लगानी कोषले पनि ८२ दशमलव ८४ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य २७ सय ८४ रुपैयाँ कायम गरेको छ । बोनस समायोजनअघि कोषको प्रतिकित्ता पाँच हजार आठ रुपैयाँमा सेयर किनबेच भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया