बजार परिसूचक २१ सय ७५ अंकमा
८८ अंकले बढ्दा छ अर्ब ३४ करोडभन्दा बढीको सेयर किनबेच
काठमाडौं ।
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ८८ दशमलव १२ अंकले उकालो लागेर २१ सय ७५ दशमलव ३९ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव १८ अंकले उकालो लागेर चार सय १५ दशमलव ८८ अंकमा चढेको छ । यसदिन कुल १२ वटा उपसमूहअन्तर्गत दुई सय १२ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसबाट ५४ हजार छ सय ९८ पटकको कारोबारमा एक करोड ४० लाख २६ हजार आठ सय ८६ कित्ता सेयर किनबेच भएका छन् । उक्त परिमाणमा सेयर किनबेच हुँदा कुल कारोबार रकम छ अर्ब ३४ करोड ४० लाख १७ हजार आठ सय ८९ रुपैयाँको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुुल उपसमूहमध्ये सबैको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक ७० दशमलव ९२ अंकले उकालो लागेर १६ सय ५६ दशमलव १४ अंकमा चढेकोमा विकास बैंक उपसमूहको सूचक पनि ४६ दशमलव एक अंकले उकालो लागेर २१ सय ७५ दशमलव ५४ अंकमा चढेको छ । यसैगरी जलविद्युुत् उपसमूहको सूचक पनि ३८ दशमलव ९३ अंकले उकालो लागेर १६ सय २१ दशमलव ६२ अंकमा चढेकोमा लघुुवित्त उपसमूहको सूचक पनि ७७ दशमलव छ अंकले उकालो लागेर ३३ सय ६३ दशमलव ४३ अंकमा चढेको छ ।
निर्जीवन बीमा उपसमूहको सूचक पनि दुुई सय ६८ दशमलव ४२ अंकले उकालो लागेर नौ हजार सात सय आठ दशमलव ४७ अंकमा चढेकोमा जीवन बीमा उपसमूहको सूचक पनि पाँच सय ५० दशमलव ९५ अंंकले उकालो लागेर १४ हजार २२ दशमलव ४८ अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचकहरू पनि क्रमशः दुुई सय २१ दशमलव ५७, ३४ दशमलव ८४, सात दशमलव ६६, दुुई सय ६४ दशमलव ४४, एक सय तीन दशमलव ४४ र शून्य दशमलव शून्य दुई अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको हिमालयन डिस्ट्रिलरी प्रालिको सेयर मूल्य १० प्रतिशतले बढेर ३८ सय ७२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेडको सेयर मूल्य पनि १० प्रतिशतले बढेर छ हजार नौ सय नौ रुपैयाँमा किनबेच भएको छ ।
यीबाहेक नेपाल पुनर्बीमा कम्पनी, प्राइम कमर्सियल बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको राधी जलविद्युुत् कम्पनीको सेयर मूल्य चार दशमलव २९ अंकले घटेर दुई सय ९० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको शुभश्री हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि तीन दशमलव २९ प्रतिशतले घटेर एक सय ४७ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक युनाइटेड फाइनान्स, बुुटवल पावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता २४ सय १६ रुपैयाँ अन्तिम मूल्यमा ५० करोड ९५ लाख ७५ हजार दुुई सय २८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको प्राइम कमर्सियल बैंकको पनि प्रतिकित्ता चार सय ६८ रुपैयाँ अन्तिम मूल्यमा ५० करोड २६ लाख दुई हजार सात सय ९८ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया