काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले मंगलबार उनीहरूलाई काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंगाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका बस्ने वर्ष २७ को विजय तामाङ र वर्ष १८ को आइतराज तामाङ रहेका छन् । प्रहरीले उनीहरूलाई प्रदेश ३–०२–०११प ७२४१ नम्बरको कालो रातो रंङ्गको १५० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरेको महाशाखाले जनाएको छ ।
उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकलहरू चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको गोप्य सूचनाका आधारमा निगरानी राखी ती व्यक्तिहरूलाई पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । कीर्तिपुर नगरपालिका वडा नं ७ बस्ने पुण्य महर्जनको उक्त मोटरसाइकल काठमाडौं चोभारबाटै हराएको भनी ट्राफिक महाशाखामा हुलिया निवेदन दिएका थिए । महाशाखाले चोरी भएको उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन भएको अवस्थामा पक्राउ गरेको जनाएको छ । उक्त मोटरसाइकलको वास्तविक नं. प्रदेश ३–०२,०१४ प ०३३९ रहेको महाशाखाले बताएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सुर्खेत जिप दुर्घटना अपडेट : चार जनाको मृत्यु, दुई घाइते
- विपिन जोशीसहित सबै एक सय २५ जनाको रिहाइको माग
- दोस्रो पटक प्रयास गर्दा पनि अमेरिकाले दिएन सन्दीपलाई भिसा
- ‘औपचारिक शिक्षा नपाएकालाई सीपमूलक तालिम प्रभावकारी हुने’
- एक महिनादेखि खानेपानीको अभाव: होटल व्यवसायी मर्कामा
- काठमाडौँ उपत्यकाको आजको तापक्रम ३३ डिग्री
- दुई हजार ६९ बिन्दुमा खुम्चियो सेयर बजार
- गणतन्त्रप्राप्तिपछि मुलुकको विकासले गति लिएको छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया