नेपाल बैंकको १६ प्रतिशत लाभांश पारित
काठमाडौँ ।
नेपाल बैंकको १६ प्रतिशत लाभांश पारित भएको छ । बैंकको बुुधबार सम्पन्न भएको ६१औं वार्षिक साधारणसभाले उक्त अनुपातमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकले बुुधबार प्रधान कार्यालय, धर्मपथ, काठमाडौँंबाट र भर्चुअलमार्फत आयोजना सम्पन्न भएको ६१औं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो ।
सो अवसरमा बैंकको आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ आसार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित भएको छ ।
सभाले हालको चुक्ता पुँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार दुई सय रुपैयाँमध्येबाट चार प्रतिशतका दरमा हुुन आउने ४५ करोड १३ लाख १२ हजार आड सय आठ रुपैयाँ नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पुँजीको १२ प्रतिशतका दरले हुन आउने एक अर्ब ३५ करोड ३९ लाख ३८ हजार चार सय २४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
साथै, बोनस सेयर वितरणबाट बैंकको साबिक जारी तथा चुक्ता पुँजीमा वृद्धि गरी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार छ सय २४ रुपैयाँ कायम गर्ने र सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्नेलगायत साधारणसभामा पेश भएका प्रस्तावहरू समेत सर्वसम्मतरूपमा पारित गरेको छ ।
साथै, साधारणसभामा तय भएको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रक्रियामार्फत सम्पन्न भई विवेक शमशेर जबरा, विष्णुकुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया