आईसीएफसी फाइनान्सको १७औं वार्षिक साधारणसभा
काठमाडौँ ।
आईसीएफसी फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । फाइनान्सले आज बुुधबार संस्थाको रजिष्टर्ड कार्यालय, टंगाल काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाबाट आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको १० दशमलव पाँच प्रतिशत बोनस सेयर तथा चार दशमलव पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । सभाले संस्थाको नियामावलीअनुसार संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका तीन जना सञ्चालकहरू रामबाबु पन्त, सुशीलकुमार अर्याल र डा. विरेन्द्रकुमार साहलाई आगामी चार वर्षको लागि सर्वसम्मतबाट सञ्चालकमा चयन गरेकोे छ । साथै, आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक एसएआर एसोसिएट्सलाई नियुक्त गरेको छ ।
चुक्ता पुँजी ९२ करोड ६५ लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो १८ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र १७ वटा एटीएममार्फत ७१ हजारभन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै चालू आवसम्म १४ अर्ब १२ करोड निक्षेप संकलन र नौ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया