एभरेष्ट बैंक र कीर्तिपुर नगरपालिकाबीच सम्झौता
काठमाडौं ।
एभरेष्ट बैंक र कीर्तिपुर नगरपालिकाबीच सम्झौता भएको छ । स्थानीय तहमा सुविधा प्रदान गर्नका लागि स्थानीय सरकारसँगको साझेदारीलाई निरन्तरता दिँदै बैंकले आफ्नो बैंकको केन्द्रीय कार्यालयमा माघ १६ गतेका दिन सम्पन्न भएको कार्यक्रममा कीर्तिपुर नगरपालिकासँग कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । यो सम्झौताअन्तर्गत एभरेष्ट बैंकद्वारा आफ्नो आन्तरिक क्रेडिट निर्देशिका तथा नेपाल राष्ट्र बैंकको निर्देशिकाको प्रावधानअनुसार कीर्तिपुर नगरपालिकाका बासिन्दाहरूलाई कृषि कर्जा, सहुलियत कर्जा, एसएमई कर्जा तथा शैक्षिक कर्जा उपलब्ध गराउनेछ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले एभरेष्ट बैंकका नायब महाप्रबन्धक डा. सन्धिरकुमार तथा अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिका बीच हस्ताक्षर गरेका छन् । बैंकले आफ्नो बृहत् सञ्जालमार्फत अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ । हाल बैंकको सातवटै प्रदेश गरी एक सय शाखा कार्यालय, ३१ राज्वस्व संकलन काउन्टर तथा एक सय ३१ स्थानमा एटीएम काउन्टर रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया