नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर नेप्सेमा सूचीकरण
काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम भएको २० करोड कित्ता सेयर सूचीकरण गर्ने सम्झौता भएको छ । बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत आठ करोड कित्ता सेयर सर्वसाधारण, कर्मचारीहरू र सामूहिक लगानी कोषका लागि बिक्री खुला आह्वान गरेको र बैंकका संस्थापकहरूले लगानी गरेको १२ करोड कित्ता सेयर समेत गरी जम्मा २० करोड कित्ता सेयर वितरण भई नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण भएको छ ।
सम्झौतामा नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच सम्झौता भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेञ्जमा बैंकको धितोपत्र एनआईएफआरएको कोडबाट दोस्रो बजारमा कारोबार सुरु हुनेछ । बैंकले सेयर सूचीकरणपश्चात् दिनुपर्ने सेयर रजिष्टार (आरटीएस) सेवाको लागिग्लोबल आईएमई क्यापिटल लिमिटेड नक्साल, काठमाडौँँलाई नियुक्त गरिसकेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया