अमेरिकासँग सम्बन्ध चिसिएपछि भारतसँग खुल्यो संवाद
माओवादी विद्रोहीको भनाइ नै थियो कि दुश्मनको ढाडमा टेकेर टाउकोमा हान्नु पर्दछ । कथित जनयुद्धको सुरुवात भारतीय सहयोग र सद्भावमा भयो । नेपालमा जनयुद्ध भयो, त्यसको नेतृत्वकर्ताहरू भारतमै आश्रय लिएर बसेका थिए । त्यतिबेला माओवादीको चीनसँग कहीँकतै सम्बन्ध भएको पाउनै सकिन्न थियो । तत्कालीन एमालेसँग पनि दुश्मनीपूर्ण व्यवहार थियो । त्यतिबेला नै अमेरिकाचाहिँ माओवादीको चीनसँग सम्बन्ध राम्रो भएको देख्न चाहन्थ्यो र त्यही बहानामा नेपालका सबै कम्युनिष्टलाई एउटै टोकरीमा हालेर अप्रेसन गर्न चाहन्थ्यो तर त्यो सम्भव भएन । सबै एउटै खाल्टोमा पर्ने संकेत पाएपछि शान्तिवार्ता सुरु भयो र त्यसको दश वर्षपछि घटनाक्रम अर्कोतर्फ मोडियो । २०७२ सालमा नेकपा एमालेका केपी ओली प्रधानमन्त्री हुँदा भारतसँग सबन्ध बिग्रियो र भारतले नेपालविरुद्ध नाकाबन्दी नै लगायो ।
२०७४ सालको आम निर्वाचनमा त्यही नाकाबन्दी ठूलो मुद्दा बन्यो र दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरे । त्यो गठबन्धनले प्रचण्ड बहुमत प्राप्त ग-यो र ओलीकै नेतृत्वमा सरकार गठन भयो । त्यसपछि दुई पार्टीबीच एकता भएर नेकपा गठन भयो । नेकपाको सरकार तत्कालीन समयमा विस्तारै भारतसँग टाढिँदै गयो र बाहिरी आवरणमा चीनसँग नजिकिँदै गएको देखिए पनि भित्रीरूपमा अमेरिकी हितअनुकूल काम गर्दै जान थाल्यो । ठीक यहीबेला अमेरिकाको एमसीसी प्रोजेक्ट र इण्डो प्यासिफिक रणनीतिका बारेमा सत्तारुढ नेकपामा विवाद सुरु भयो । त्यसको पहिलो शिकार तत्कालीन समामुख कृष्णबहादुर महरा बने ।
एमसीसी प्रोजेक्ट इण्डो प्यासिफिक रणनीतिकै अंग भएको अमेरिकाले स्पष्ट पारिसकेको छ । तर, त्यो प्रोजेक्ट इण्डो प्यासिफिक रणनीतिको अंग भए त्यसलाई अनुमोदन नगर्ने नेकपा स्थायी समितिको निर्णय हुँदाहुँदै सरकार त्यसलाई सदनबाट अनुमोदन गराउने तयारीमा छ । यहीँनेर अमेरिकासँग नजिकिएको नेकपा बाहिरी आवरणमा चीनसँग पनि निकट देखिएको छ । ठीक यही बेला यस सिद्धान्तअनुसार अमेरिकाको नेकपाभित्र एकविरुद्ध अर्कोलाई प्रयोग गर्न लगाम खिचेको संकेत पाउनेबित्तिकै वामसत्ताले फेरि भारतसँग संवाद खोलेको छ । अमेरिकासँगको सम्बन्ध चिसिएपछि भारतसँग संवाद खोलेको हो । तर, यस्तो मनपरी पाराले विश्वसनीयताचाहिँ सिधिँदै गएको छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
- इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
- नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित
- बझाङमा ४३ प्रतिशत मतदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया