नेपाल बैंकको एक्सटेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनी परिसरमा
काठमाडौं ।
नेपाल बैंकले राष्ट्रिय बीमा कम्पनी परिसरमा पनि एक्सटेन्सन काउन्टर खोलेको छ । बैंकका अनुसार बुधबार नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनीबिच उक्त कम्पनीका ग्राहकहरूबाट प्राप्त हूने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन गर्ने सम्झौता भएको हो ।
साथै कम्पनीमा कार्यरत कर्मचारीहरूलाई बैंकले सहुलियत दरमा विनाधितो कर्जा पनि उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राष्ट्रिय बीमा कम्पनीका तर्फबट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरेका हुन् ।
बैंकले हाल आफ्नो देशभर रहेका दुई सय चारवटा शाखा, ४१ वटा एक्स्टेन्सन काउन्टर, एक सय ४३ वटा एटीएम तथा अन्य विभिन्न विद्युतीय, डिजिटल माध्यमहरूबाट समेत आफ्नो बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया