प्रभु बैंकद्वारा २४ महिला ट्रेकिङ उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान
काठमाडौँ ।
प्रभु बैंकले महिला ट्रेकिङ उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजनाअन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङल्हामु गाउँपालिका, वडा नम्बर ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ उद्यमीलाई सहुलियतपूर्ण कर्जा वितरण गरिएको बैंकले जानकारी दिएको छ ।
एक कार्यक्रका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ उद्यमीलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गरेका हुन् । यो कर्जाले कोभिड १९ को मारमा परेको ट्रेकिङ व्यवसाय र नियमित आय आर्जनबाट विमुख हुन पुगेका महिला ट्रेकिङ उद्यमीलाई ट्रेकिङका लागि चाहिने बन्दोबस्तीका समानको जोहो गरी आफ्नो उद्यम व्यवसायलाई पुनः सुचारु गर्दै जीवनस्तर सुदृढ पार्न सहयोग पुगेको विश्वास बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया