विदेशमा कारोना संक्रमणमुक्त हुने नेपालीको दर ९७ प्रतिशत
काठमाडौं ।
विदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट संक्रमणमुक्त हुने नेपालीको दर ९७ प्रतिशत रहेको छ । गैरआवासीय नेपाली संघका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार छ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार एक सय २० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संक्रमणमुक्त हुने दर ९७ प्रतिशत हो ।
साथै विदेशमा यो साता थप एक जना नेपालीको निधन भएको छ । संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा एक जनाको संक्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या तीन सय ३६ जना पुगेको छ । संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, यूएई, साउदी अरबमा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै संघले स्वास्थ्य विशेषज्ञहरूले हाल प्रयोगमा आएका खोपहरू सुरक्षित रहेको बताएकोले खोप लगाउन गैरआवासीय नेपालीहरूलाई आग्रह समेत गरेको छ । स्वास्थ्य समितिमा आबद्ध चिकित्सकहरूका अनुसार लामो समयको अध्ययन र परीक्षणपश्चात् खोपहरू प्रयोगमा ल्याइएकोले ती प्रयोगका लागि सुरक्षित छन् । हाल कोरोनाको विभिन्न चार नयाँ भेरियन्ट देखापरेको बताउँदै उनीहरूले अहिले प्रयोगका ल्याइएका खोपहरू नयाँ भेरियन्टका लागि पनि प्रभावकारी हुने बताएका छन् ।
संघका अनुसार बेलायत, क्यालिफोर्निया, एसिया र दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखा परेको हो । प्रारम्भिक अनुसन्धानअनुसार नयाँ भेरियन्ट पुरानो भाइरसका तुलनामा बढी संक्रामक छन् । स्वास्थ्य समितिले नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रयोग गर्न सकिने भन्दै खोप अभियानमा सहभागी हुन अपिल गरेको छ ।
विभिन्न दीर्घरोगको औषधि सेवन गरिरहेका व्यक्तिले पनि खोप लिन सक्ने समितिले जनाएको छ । तर गर्भवती महिला, स्तनपान गराउने महिला र तुरुन्त गर्भवती हुन योजना बनाइरहेकाहरूलाई खोप नलगाउन भनिएको छ । यस्तै १८ वर्षमुनिकालाई पनि खोप सिफारिस गरिएको छैन । खोप लगाउनुपूर्व आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग सल्लाह गर्न समेत समितिले सुझाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया