विराटनगर बजारमा दैनिक २० करोड भारतीय नोटको अवैध कारोबार
विराटनगर ।
विराटनगरमा सञ्चालित झण्डै तीन दर्जन सटही काउन्टर र व्यक्तिगत ढंगले दैनिक २० करोड भारतीय रुपैयाँको अवैध कारोबार हुनेगरेको पाइएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर सटही काउन्टरको काम गरिरहेकाहरुदेखि अवैध हुण्डी र अन्य कारोबार गरिरहेकाहरुले अवैध भारुको कारोबार गर्न थालेका छन् ।
विराटनगर बजार र भारतको जोगबनी बजारको दूरी छ किमि मात्रै भएका कारण पनि अवैध भारुको कारोबार विराटनगरमा व्यापकरुपले फस्टाउन पुगेको हो । केही महिनायता नेपाल–भारत सीमा क्षेत्रमा मानिसको आउजाउ बाक्लिन थालेसँगै भारु र मोरुको कारोबारीहरुको सक्रियता बढेको हो ।
नेपाल सरकारले भारतीय पाँच सय र दुई हजारका नोटमाथि प्रतिबन्ध लगाएपछि विराटनगर बजारमा सञ्चालन रहेका सटही काउन्टरहरुले सर्वसाधरणदेखि उद्योगी व्यवसायी समेतलाई भारतीय रुपैयाँ साट्दा चारदेखि छ रुपैयाँसम्म बट्टा रकम लिन थालेको गुनासो उद्योगीले व्यक्त गर्न थालेपछि उनीहरुले अहिले बजारमा भारतीय रुपैयाँको चरम अभाव सिर्जना गरेका छन् ।
कारोबारीहरुले भारतबाट अवैध ढंगले पाँच सय र दुई हजारका भारतीय नोट बोराका बोरा ल्याउँदा पनि बजारमा भारतीय नोटको किन अभाव भइरहेको छ भन्ने कुरा आफूले बुझ्न नसकेको कुरा एक व्यवसायीले बताएका छन् । विराटनगरका अर्का एक व्यापारीले भने राष्ट्र बैंकले प्रतिबन्ध लगाएको उक्त भारतीय नोट न्यूनतम दरभन्दा बढी रकम लिएर सटही काउन्टरले कारोबार गरिरहँदा समेत प्रशासन मौन बसेपछि बजारमा भारतीय नोटको कृत्रिम अभाव भएको दाबी गरे ।
अहिले राष्ट्र बैंकले पनि भारतीय नोट नदिने र बैंकहरुमा साट्नका लागि पनि सहज नहुने भएपछि अवैध नोट कारोबारीहरुको लागि स्वर्णीम अवसर भएको छ । केही वर्षअघिबाट भारत सरकारले दुई हजार दरका नोट चलनचल्तीमा ल्याएपछि अवैध कारोबारीहरुले एक सय भारु रुपैयाँबापत एक सय ७० रुपैयाँमा कारोबार सुरु गर्दै दिन दुगुना र रात चौगुनाका रुपमा कमाउन उद्यत देखिएको व्यवसायीहरुले दाबी गर्न थालेका छन् ।
नेपाल राष्ट्र बैंकबाट अनुमति पाएर विराटनगर बोडरमा सञ्चालनमा आएका रक्षा मनीचेन्जर, तिरुपति मनीचेन्जर, लक्ष्मी मनीचेन्जर, विराट मनीचेन्जर, नेपाल सटही काउन्टर, रानी सटही काउन्टर र स्टार मनीचेन्जरबाट हुँदै आएको अवैध भारु र मोरुको कारण कल्पना गरेको भन्दा लाखौँ गुना बढीको कारोबार हुँदै आएको दाबी पनि समाचारस्रोतहरुले गरेका छन् ।
माथि उल्लेख गरिएका मनीचेन्जहरुबाट भारतीय पाँच सय र दुई हजार दरका नोटको कारोबार खुलेआम भइरहेको दाबी पनि समाचारस्रोतले गरेका छन् । तर नियामक निकाय नेपाल राष्ट्र बैंक भने बेखबरजस्तो भई त्यस्ता कारोबारीलाई नै संरक्षण गर्न लागिपरेको त छैन ? भन्ने गहन प्रश्न उब्जिएको छ ।
विराटनगर र भारतको जोगबनीका व्यापारीहरुबीच ५० देखि ६० किलोमिटरभित्रसम्म दुवै देशका नोट चलाउने भद्र सहमति भएको कुरा स्थानीय व्यवसायीले बताएका छन् । कपडा व्यापारी, स्थानीय व्यापारी, ट्रक भाडा, किराना पसलमार्फत भारतको जोगबनी, फारविसगञ्ज र अररियादेखिका कारोबारीहरुले अवैधरुपमा नेपालमा प्रतिबन्धित भारतीय नोट ल्याउने गरेको छन् । अवैध कारोबार गर्नेहरुका कारण सही ढंगले नोटको कारोबार गर्ने व्यापारीलाई समेत समस्या पारेको व्यवसायीहरुको गुनासो छ ।
विराटनगरमा सञ्चालनमा रहेका प्रत्येक सटही काउन्टरले दैनिक न्यूनतम ४० देखि ५० लाखसम्म भारतीय नोट साट्ने काम गर्ने गरेको बताइएको छ । समाचारस्रोतका अनुसार विराटनगरमा मात्रै झण्डै दैनिक २० करोड रुपैयाँभन्दा बढी नै भारतीय नोटको कारोबार हुनेगरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया