बैंकिङ कसुर मुुद्दाका फरार प्रतिवादी घिमिरे पक्राउ
काठमाडौं ।
महानगरीय प्रहरी अपराध महाशाखा मीनभवनले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महेश्वर घिमिरेलाई पक्राउ गरेको छ । बाराको जितपुर सिमरा घर भई हाल काठमाडौंको टोखा बखुन्डोल बस्ने ३५ वर्षीय घिमिरेउपर एक करोड रुपैयाँ ठगी गरी बैंकिङ कसुरजन्य कार्य गरेको अभियोग रहेको, महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिएका छन् ।
प्रवक्ता कोइरालाका अनुसार घिमिरेउपर एक करोड रुपैयाँ ठगी गरेको अभियोग छ । सोही अभियोगमा प्रतिवादी घिमिरेउपर २०७७ माघ १२ गते उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेलगत्तै घिमिरे फरार भएका थिए । ‘अहिले भने पक्राउ परेका घिमिरेलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएका छौँ’, प्रवक्ता कोइरालाले भने ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया