सिटिजन्स बैंक इन्टरनेसनलद्वारा विशेष सभा आह्वान
काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विशेष साधारणसभाको आह्वान गरेको छ । बैंकले यही जेठ २७ गते सातौँ वार्षिक साधारणसभाको आह्वान गरेको हो । बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा हुने उक्त सभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बैंकका अनुसार उक्त सभासम्बन्धी प्रयोजनको लागि यही जेठ २१ गते बैैकको सेयर दर्ता किताब बन्द हुनेछ ।
यसैबीच सिटिजन्स बैंकमा प्राप्ति प्रक्रियामार्फत समाहित हुनलागेको सिर्जना फाइनान्सले पनि सोही दिन विशेष सभाको आह्वान गरेको छ । संस्थाको केन्द्रीय कार्यालय विराटनगरमा हुने उक्त सभाले प्राप्तिमा जाने प्रस्ताव पारित गर्नेछ । संस्थाका अनुसार उक्त सभासम्बन्धी प्रयोजनको लागि यही जेठ १८ गते उक्त संस्थाको सेयर दर्ता किताब बन्द हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया