नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा कोभिड १९ का लागि ४९ लाख रुपैयाँ सहयोग
काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ४९ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कोषअन्तर्गत कोरोना भाइरस (कोभिड १९) महामारी रोकथाम, नियन्त्रण र उपचारमा संलग्न सातवटै प्रदेशका अस्पताल, आइसोलेसन केन्द्रहरूलाई सहयोग स्वरूप ४९ लाख रुपैयाँ सहयोग गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत हाल मुलुकमा फैलिरहेको कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरूलाई प्रति अस्पताल, आइसोलेसन केन्द्र सात लाखका दरले जम्मा ४९ लाख रुपैयाँँ सहयोग गरेको हो ।
उल्लिखित सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, वाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखी समय समयमा विभिन्न संघसंस्था लाई सहयोग गर्दै आएकोमा मुलुकमा कोभिड १९ को संक्रमणबाट उत्पन्न विषम परिस्थितिमा नेपाल सरकारको तीनै तहका सरकारहरूबाट सोको रोकथाम, नियन्त्रण र उपचारमा भएको पहकदमीको हार्दिक सराहना गर्दै उनीहरूसँग हातेमालो गर्ने निर्णयस्वरूप सहयोग रकम प्रदान गरेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया