राष्ट्र बैंकद्वारा नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । राष्ट्र बैंकले नारायणीलाई यही जेठ २० गते उक्त बैंकको हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट एकबराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति दिएको हो ।
यसअघि उक्त बैंकको १९औं वार्षिक साधारणसभाले बैंकको हाल कायम रहेको चुक्ता पुँजी १३ करोड १२ लाख ३३ हजार आठ सय रुपैयाँमध्येबाट एकबराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नको लागि राष्ट्र बैंकसँग अनुमति माग गरेको थियो । तर राष्ट्र बैंकले भने यही जेठ २० गते बैंकले अनुमति माग गरेको भन्दा अर्थात् एकबराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति दिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ५२ लाख ३४ हजार तीन सय ८२ रुपैंयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने बैंकले १० लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
चुक्ता पुँजी १३ करोड १२ लाख ४५ हजार चार सय रुपैयाँ रहेको बैंकले चालू आवको पछिल्लो अवधिमा नौ करोड ४४ लाख ३७ हजार चार सय ५२ रुपैयाँ निक्षेप संकलन गरी दुुई करोड ६७ लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा खुुद ब्याज आम्दानी ७८ लाख ५७ हजार तीन रुपैयाँले ऋणात्मक रहेको बैंकमा २५ दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा छ दशमलव ९४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा पनि २१ करोड २७ लाख ५८ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।
बैंकले गत आवको सोही अवधिमा भने दुई करोड ५८ लाख ४८ हजार सात सय ५२ रुपैयाँ निक्षेप संकलन गरी २९ लाख ९३ हजार छ सय ७१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैैंकमा शतप्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर १७ दशमलव ६४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया