राष्ट्रिय वाणिज्य बैंकको दुई अर्ब ५० करोडको ऋणपत्रको बिक्री खुला
काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यही जेठ २५ गते अर्थात् आज मंगलबारबाट आठ दशमलव पाँच प्रतिशत आरबिबिएल डिबेञ्चर २०८३ नामको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले छ वर्ष अवधिको वार्षिक आठ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल दुई अर्ब ५० करोड रुपैयाँ (२५ लाख कित्ता) मूल्यबराबरको ऋणपत्रको बिक्री खुला गरेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ ।
आठ दशमलव पाँच प्रतिशत आरबीबीएल डिबेञ्चर २०८३ नामको प्रतिकित्ता एक हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरूलाई बिक्री गरिने र सोका लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ‘एनआईबीएल एस क्यापिटल लिमिटेड’ र निष्काशनकर्ता कम्पनी ‘राष्ट्रिय वाणिज्य बैंक लिमिटेड’को आपसी सहमतिमा बिक्रीवितरण गरिनेछ । साथै सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ ।
छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्री खुला हुने ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम दुुई लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरू, सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयहरूमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ । बैंकको यस ऋणपत्रलाई केयर रेटिङ नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रूपमा रहेको संकेत नम्बर प्रदान गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया