सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारीमा खड्का
काठमाडौं ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदमा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीका अनुसार यही जेठ ३१ गते बसेको सञ्चालक समितिको दुई सय ९३औँ बैठकले खड्कालाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।
कम्पनीका अनुसार नवनियुक्त प्रमुख कार्यकारी अधिेकृत खड्काको चारवर्षे कार्यकाल यही असार एक गतेबाट सुरु भएको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २९ करोड १० लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १८ करोड ६७ लाख आठ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी दुई अर्ब २६ करोड २८ लाख ९४ हजार रुपैंयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १५ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३० रुपैयाँ ९७ पैसा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया