नेशनल लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानी
काठमाडौं ।
नेशनल लाइफ इन्स्योरेन्सले सहजरूपमा अर्थात् पाँच दिनमै मृत्युदाबी भुक्तानी दिएको छ । कम्पनीका अनुसार पाँच दिनभित्रै स्वर्गीय सुकुना गुरुङका परिवारलाई ५३ लाख ३० हजार रुपैयाँबराबरको मृत्युदाबी भुक्तानी दिइएको हो ।
गुरुङको गत २०२१ मे २८ मा कोरोनाको कारणबाट मृत्यु भएको हो । स्वर्गीय सुकुना गुरुङले सन २०१९ जुन तीन मा ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभसहितको १० वर्षे अमृत जीवन बीमालेख खरिद गरेकी थिइन् ।
यससँगै, इन्स्योरेन्सका वित्त विभाग प्रमुख प्रज्वल सायमीले स्वर्गीय गुरुङको इच्छाइएको व्यक्ति निजको छोरा बिजेन्द्र गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । त्यस्तै, उक्त दाबी आवश्यक कागजात प्राप्त भएको पाँच दिनभित्र नै दाबी फर्छ्र्यौट गरिएको दाबी विभागका प्रमुख नविन श्रेष्ठले जानकारी दिएका छन् ।
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३२ करोड २५ लाख ७० हजार सात सय २९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा ३१ करोड ५६ लाख २१ हजार तीन सय ४९ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी तीन अर्ब ३९ करोड आठ लाख ८९ हजार दुुई सय तीन रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रति सेयर आम्दानी १२ रुपैयाँ ६८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने एक सय ३२ रुपैयाँ एक पैसा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया