नेपाल एग्रोको पाँचौँ वार्षिक साधारणसभा
काठमाडौं ।
कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १८ मा केन्द्रीय कार्यालय रही १० जिल्ला कार्यक्षेत्र भएको नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन सञ्चालक समितिका अध्यक्ष रमेश कुमार कर्माचार्यले गरेका थिए । उक्त साधारणसभाले चुक्ता पुँजीको १४ प्रतिशतले हुने बोनस सेयर वितरण गर्नुका साथै नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्ने प्राप्तिलगायत अन्य प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत नयन देवकोटाले बताए ।
कार्यक्रममा अध्यक्ष कर्माचार्यले संस्था स्थापनाको उद्देश्यमाथि प्रकाश पार्दै सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक साधारणसभाको अवसरमा वित्तीय संस्थाको सञ्चालक समितिमा रही योगदान गरेका सञ्चालकहरू रमेश कुमार कर्माचार्य, नीलकण्ठ शर्मा लम्साल, विनिता कोइराला र विवेक श्रेष्ठको कार्यको उच्च मूल्यांकन गर्दै संस्थाले कदरपत्रसहित सम्मान गरेको बताइएको छ ।
संस्थाले आगामी चार वर्षका लागि संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा रमेश कुमार कर्माचार्य, निलकण्ठ शर्मा लम्साल, विनिता कोइराला र विवेक श्रेष्ठलाई साधारणसभाले निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत अधिवक्ता कृष्णप्रसाद चापागाईले बताए । सभाको पहिलो सत्र संस्थाका आईटी प्रमुख रमेश बस्यालले सञ्चालन गरेको कार्यक्रममा संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत नयन देवकोटाले वित्तीय संस्थाको विद्यमान अवस्थाबारे जानकारी दिँदै साधारणसभामा उपस्थित सेयरधनी सदस्यहरूलाई स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमको पहिलो सत्रको सञ्चालन संस्थाका आईटी प्रमुख रमेश बस्यालले गरेका थिए भने कार्यक्रमको बन्द सत्रको सञ्चालन संस्थाका कम्पनी सचिव दीपक पराजुलीले गरेका थिए । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १८ मा केन्द्रिय कार्यालय रही १० जिल्ला कार्यक्षेत्र भएको नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले २०७३ बाट प्रथम कारोबार प्रारम्भ गरेकोमा हाल १० वटा जिल्लामा २६ वटा शाखा कार्यालयहरू मार्फत ग्रामिण क्षेत्रका २१ हजारभन्दा बढी सदस्यहरूलाई वित्तीय सेवा प्रदान गरिरहेको कम्पनी सचिव पराजुलीले जानकारी दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया