नेपाल बैंकद्वारा बाढीपीडित मेलम्ची तथा चामे मनाङवासीलाई सहयोग
काठमाडौं । पटक–पटक विभिन्न किसिमका प्राकृतिक प्रकोप तथा विपत्हरू भोग्दै आएको सिन्धुपाल्चोक जिल्लामा यही २०७८ असार १ गते परेको अविरल वर्षा तथा मेलम्ची तथा इन्द्रावती नदीमा आएको विनाशकारी बाढीले उक्त जिल्लाको मेलम्ची नगरपालिकामा पर्ने मेलम्चीबजार क्षेत्र तथा वडा नं. ६, ७, १०, ११, १२, १३ लगायतमा ठूलो धनजनको क्षति भएको, स्थानीय बासिन्दाहरू प्रभावित भई विस्थापित समेत भएका र मेलम्चीबजार तथा सो आसपासका विभिन्न भौतिक संरचनाहरू पूर्ण तथा आंशिक क्षतिभएको अवस्थामा पीडितजनतालाई सहयोग गर्न नेपाल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहतस्वरूप चार लाख ५० हजार रुपैयाँ उक्त नगरपालिकालाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यसैगरी हिमालपारीको दुर्गम जिल्ला मनाङमा मिति २०७८ जेठ १४, ३१ र असार १ गते आएको अविरल वर्षा तथा मस्र्याङ्दी नदी तथा अन्य सहायक खोलाहरूमा आएको भीषण बाढीका कारणले उक्त जिल्लाको सदरमुकाम रहेको चामे गाउँपालिकास्थित चामे बजारक्षेत्र तथा आसपासका विभिन्न क्षेत्रका भौतिक संरचनाहरू तथा व्यक्तिगत सम्पत्तिहरूको व्यापक क्षति भएको तथा ढुवानी समस्याले गर्दा खाद्यान्न अभाव भएको अवस्था रहेको हुँदा यस्तो अकल्पनीय दैवी प्रकोपबाट प्रभावित भएका चामे गाउँपालिकाका पीडित जनताहरूका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत स्वरूप चार लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय बंैकले गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया