सनराइज बैंकका ग्राहकले कार्डबिना नै रकम निकाल्न सक्ने
काठमाडौं । सनराइज बैंकका ग्राहकले कार्डबिना नै रकम निकाल्न सक्ने भएका छन् । बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेसँगै ग्राहकहरूले यस्तो सेवा पाएका हुुन् । बैंकका अनुसार हालसम्म ग्राहकहरूले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोगबिना नै एटीएमबाट रकम निकाल्न सक्नेछन् ।
यो सेवाअन्तर्गत ग्राहकहरूले आफ्नो सनराइज स्मार्ट प्लस (मोबाइल बैंकिङ) प्रयोग गरी कार्डलेस विथ ड्रअल अप्सनमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सबमिट गर्नुपर्ने बैंकले जनाएको छ । त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएसमार्फत आउनेछ । बैंकको एटीएममा गई कार्डलेस विथ ड्रअल अप्सन रोजी एसएमएसमा आएको ओटीपी कोडको प्रयोग गरी सजिलै कार्डबिना नै रकम झिक्न सक्नेछन् । यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक रहेको बैंकले जानकारी दिएको छ ।
नयाँ र अत्याधुनिक यस प्रविधिको प्रयोगले भौतिक कार्ड बोक्न बिर्सेको अबस्थामा पनि मोबाइल बैंकिङ प्रयोग एटीएममार्फत सजिलै रकम झिक्न सकिनेछ । बैंकले यसअघि पनि मिस्डकलबाट बिजुुलीको बिल भुक्तानी, मोबाइल बिल भुक्तानीजस्ता सजिला र आधुनिक सेवाहरू प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकहरूले बैंकको देशभरि रहेको एक सय ६१ वटा एटीएममार्फत लिनसक्ने जानकारी पनि बैंकले दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया