धितोपत्र बोर्डद्वारा तीनवटा कम्पनीलाई साधारण सेयर निष्काशनको लागि अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पछिल्लो पटक थप तीनवटा कम्पनीहरूलाई साधारण सेयर जारी गर्नको लागि अनुुमति दिएको छ । बोर्डका अनुसार यही असार ३१ गते सानिमा लाइफ इन्स्योरन्स कम्पनी, मानुषी लघुवित्त वित्तीय संस्था र सामलिङ पावर कम्पनीलाई साधारण सेयर जारी गर्नको लागि अनुमति दिइएको हो ।
सोमध्ये सानिमा लाइफले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति पाएको छ । संस्थापक सेयरधनी समूहको ७० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ३० प्रतिशत सेयर लगानी रहेको कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डका अनुसार मानुषी लघुवित्त वित्तीय संस्थाले पनि यही असार ३१ गते नै एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको तीन लाख ९३ हजार सात सय ५० कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति पाएको हो । संस्थापक सेयरधनी समूहको ६४ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ३६ प्रतिशत सेयर स्वामित्व रहेको संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
यसैगरी सामलिङ पावर कम्पनीले पनि एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी १२ करोड ३० लाख रुपैयाँबराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति पाएको छ । बोर्डका अनुसार उक्त कम्पनीले पनि यही असार ३० गते नै आयोजना प्रभावित क्षेत्रको जनताको लागि उक्त अनुपातमा सेयर जारी गर्नको लागि अनुमति पाएको हो । उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया