काठमाडौं, माघ १२
यस साता सेयर बजार परिसूचक १२ सय ९७ दशमलव ४७ अंकमा पुगेर रोकिएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ७८ दशमलव ७२ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ७६ कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार ८६ हजार चार सय ९० वटा कारोबारमा दुई करोड ५१ लाख दुई हजार एक सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम आठ अर्ब ५४ करोड ६८ लाख ३३ हजार चार सय ४६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा एक सय ७७ कम्पनीहरुको कारोबार भएका थिए । जसअनुसार ७५ हजार एक सय ९५ वटा कारोबारमा एक करोड ६६ लाख ७४ हजार चार सय ६८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम छ अर्ब ६७ करोड २० लाख ६१ हजार तीन सय ३६ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो र तेस्रो दिन सेयर बजार परिसूचक उकालो लागेको थियो भने दोस्रो, चौथो र पाँचौं दिन बजार परिसूचक ओरालो लागेको थियो ।
यस साता पहिलो दिन बजार परिसूचक ३३ दशमलव ४३ अंकले उकालो लागेर १३ सय ४३ दशमलव ६५ अंकमा चढेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५२ अंकले उकालो लागेर दुई सय ८८ दशमलव ३९ अंकमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक २६ दशमलव ५४ अंकले ओरालो लागेर १३ सय १७ दशमलव ११ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८६ अंकले ओरालो लागेर दुई सय ८३ दशमलव ५३ अंकमा झरेको थियो । तेस्रो दिन भने बजार परिसूचक उकालो लागेको थियो ।
उक्त दिन बजार परिसूचक तीन दशमलव ३६ अंकले उकालो लागेर १३ सय २० दशमलव ४७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव नौ अंकले उकालो लागेर दुई सय ८४ दशमलव ४३ अंकमा चढेको थियो । चौंथो दिन भने बजार परिसूचक सात दशमलव पाँच् अंकले ओरालो लागेर १३ सय १३ दशमलव ४२ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १३ अंकले ओरालो लागेर दुई सय ८२ दशमलव ३० अंकमा झरेको थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक १५ दशमलव ९५ अंकले ओरालो लागेर १२ सय ९७ दशमलव ४७ अंकमा झरेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५९ अंकले ओरालो लागेर दुई सय ७८ दशमलव ७२ अंकमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा ग्लोबल आईएमई बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी प्रालित आदि परेकाछ । यसैगरी सेयर कारोबार भएको संख्यामा आधारमा ग्लोबल आईएमई बैक, नेपाल क्रेडिट एण्ड कर्मश बैक, नेपाल बैंक, प्रभु बैंक आदि परेका छन् । बजार पुंजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् । सेयर सूचीकरण तर्फ भने यस साता प्रभु बैंकको १० दशमलव २५ प्रभु बैंक डिबेञ्चर २०८६ सूचीकृत भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया