अमोघवीरलाई ललितपुर महानगरपालिका वडा १६ को बधाई
काठमाडौं । संसार क्रियसन र संसार अनलाइन टिभीको आयोजनामा सम्पन्न ‘संसार अनलाइन सिङ्गिङ स्टार अवार्ड २०२०–२१’ को फस्ट रनरअप अमोघवीर बज्राचार्यलाई ललितपुर महानगरपालिका वडा १६ ले एक समारोहको आयोजना गरी सम्मान गरेको छ । १६ वडा भवनमा सम्पन्न उक्त समारोहमा ललितपुर महानगरपालिका १६ वडा बूबहाः निवासी गायक बज्राचार्यलाई खादा ओढाई बधाई पत्रसहित सम्मान गरिएको हो ।
सम्मान गर्दै वडा अध्यक्ष निर्मलरत्न शाक्यले वडाका कलाकारहरूले दिएको उत्साहले सम्पूर्ण वडा नै उत्साहित हुने भन्दै यही उत्साह र खुशी दिने कलाकारहरूलाई वडाले औपचारिक रूपमा शुभकामना बधाई दिने परम्पराको थालनी गरेको बताए ।
उनले वडा १६ का कलाकारहरूलाई ध्यानमा राखी कलाकार समिति बनाएको बताए । कलाकारले समाजका लागि गरेको योगदान तथा आफू जन्मिएको स्थानको गौरव बढाएको हुन्छ । त्यसैले कलाकारहरूको मान राख्नु सबैको कर्तव्य रहेको उल्लेख गर्दै कला क्षेत्र विकासमा स्थानीय तहको पनि योगदान होस् भनी समिति निर्माण गरेको बताए ।
यसै समितिले आयोजना गरेको समारोहमा बोल्दै समितिका संयोजक सुरजवीर बज्राचार्यले फस्ट रनरअप अमोघवीर बज्राचार्यलाई बधाई दिँदै कलाकारको सफलतालाई वडाकै सफलता मानी मान दिने यो परम्पराको थालनीले कलाकारहरू खुशी हुने उल्लेख गर्दै येँयाः (इन्द्रजात्रा)को अवसरमा समितिले ललितपुरको नागबहालमा आयोजना गर्ने सांगीतिक, सांस्कृतिक कार्यक्रममा समितिको अन्य कार्यक्रम उद्घोष हुने बताए ।
पुरस्कृत एवं सम्मानित कलाकार अमोघवीर बज्राचार्यले वडा एवं कलाकार समितिले यसरी कार्यक्रम नै आयोजना गरी आफूलाई दिएको बधाईले अझ बढी जिम्मेवारी बोध गराएको बताए । १६ वडाका अमोघवीरले द्वितीय पुरस्कार जितेको यस प्रतिस्पर्धामा इलामका आश्विन प्रधान प्रथम तथा आश्रय रञ्जित तृतीय भएको थियो भने १६ वर्षभन्दा मुनिका प्रतिस्पर्धीमा प्राप्ति तामाङ प्रथम, रितु श्रेष्ठ द्वितीय तथा झरना खनाल तृतीय भएका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया