राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको आठ दशमलव पाँच प्रतिशत आरबीबी डिबेञ्चर २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सोमबार सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल स्टक एक्सचन्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाँलले हस्ताक्षर गरेका हुुन् ।
बैंकले छ वर्ष अवधि भएको वार्षिक आठ दशमलव ५० प्रतिशत ब्याजदरको कुल दुई अर्ब ५० करोड रुपैयाँ (२५ लाख कित्ता) मूल्यबराबरको ऋणपत्र बिक्री गत जेठ २८ गतेदेखि असार ८ गतेसम्म बिक्री गरेको थियो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । उक्त सम्झौतापत्र आदानप्रदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतद्वय सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख पवन रेग्मी, नेपाल स्टक एक्सचेञ्जका प्रविन पन्दाक, भेष लराज खनाल, आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेललगायत कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया