एभरेष्ट बैंकको सन्देशमूलक भिडियो सार्वजनिक
काठमाडौं । एभरेष्ट बैंकले हरेक पिँढीलाई स्मार्ट बन्ने उद्देश्यसहितको सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । नेपालीहरूको महान् चाड दशैँलाई मध्यनजर गर्दै बैंकले भावनात्मक तथा चेतनामूलक सन्देशका साथ भिडियो सार्वजनिक गरेको हो ।
दशैँ आएलगत्तै भेटघाट, दक्षिणा दिने, खानपिन गरेर रमाइलो गर्ने चलन चल्दै आएको छ । साथै टीका लगाई दक्षिणा दिन नयाँ नोट चाहिने भएकोले मानिसहरू बैंक गएर लाइन बसेर नयाँ नोट लिन जान्छन् । अहिलेको यस्तो परिस्थितिमा भीडभाडबाट टाढा रहन र डिजिटल बैंकिङ प्रयोग गरी सबै पिँढीलाई स्मार्ट बन्न सन्देश यस भिडियोमा दर्शाइएको छ । सो भिडियो एभरेष्ट बैंकको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलमा गई हेर्न सकिनेछ ।
स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यो बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय पाँच शाखा सञ्जाल, प्रादेशिक कार्यालय १३७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया