११ जिल्लासँग मन्त्रालयले माग्यो १० वर्षको ढुंगा-बालुवाको विवरण
काठमाडौं, माघ २०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नदीजन्य पदार्थहरु ढुंगा, बालुवा, गिट्टीको टेण्डर प्रक्रिया र दररेटको दश वर्षको विवरण तीन दिनभित्रमा उपलब्ध गराउन काठमाडौंसहित ११ वटा जिल्लालाई निर्देशन दिएको छ । मन्त्रालयले आइतबार काठमाडौं, कास्की, काभ्रेपलाञ्चोक, नवलपरासी, चितवन, उदयपुर, बाँके (नेपालगञ्ज), सुनसरी, मोरङ्ग, कैलाली (धनगढी) र धादिंगसँग त्यस्तो विवरण मागेको हो । मन्त्रालयले ती ११ वटा जिल्ला समन्वय समितिसँग नदीजन्य पदार्थहरु ढुंगा, बालुवा, गिट्टीको उत्खनन परिणाम, लागत र सोको टेण्डर प्रक्रिया दररेटसमेत खुलाई विगत दश वर्षकै विवरण पेश गर्नुपर्ने छ ।
मन्त्रालयका अनुसार त्यसरी १० वर्षको विवरण पेश गर्दा प्रत्येक वर्षको अलग–अलग विश्लेषणात्मक प्रतिवेदन तयार गर्नुपर्नेछ । त्यस्तो विवरण भोलि मंगलबार साँझसम्म ११ वटै जिल्ला समन्वय समितिले बुझाउनुपर्नेछ । कतिपय जिल्लामा त्यस्ता नदीजन्य पदार्थको कर मनोमानी ढंगले लगाएको गुनासोहरु आएपछि मन्त्रालयले दश वर्षको अध्ययन गर्नलागेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया