बैंक अफ काठमाण्डूको गैरआवासीय नेपालीहरूलाई लक्षित निक्षेप खाता
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरूको लागि बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्ने उद्देश्यले उच्चतम लाभलाई मध्यनजर गर्दै बीओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ । विदेशमा बसी आफ्नो परिश्रम गरी आयआर्जन गरिरहेका ग्राहकहरूलाई आफ्नो मातृभूमिमा रहेको यस बैंकमा खाता खोली उच्चतम प्रतिफल लिन बैंकले अनुरोध गरेको छ ।
गैरआवासीय नेपालीहरूले यस बैंकमा यूएसडी, ईयूआर, जीबीडी, एयूडी, सीएडी तथा जीपीवाई मुद्राहरूमा बैंक खाता खोल्न सक्नेछन् । यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीहरूले अधिकतम पाँच दशमलव पाँच प्रतिशतसम्मको वार्षिक ब्याजदर पाउनेछन् । साथै, गैरआवसीय नेपालीहरूले यस निक्षेप खाता खोलेमा बैंकले विशेष बैंकिङ सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहेका गैरआवासीय नेपालीहरूले आर्जन गरेको रकमको उच्चतम प्रतिफलका साथै मातृभूमिमा सहज बैंकिङको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया