Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकिसान लघुवित्तले २५ प्रतिशत बोनस सेयर दिने

किसान लघुवित्तले २५ प्रतिशत बोनस सेयर दिने


काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुुँजी ३९ करोड २८ लाख आठ हजार सात सय ७५ रुपैयाँमध्येबाट २५ प्रतिशतको अनुपातमा नौ करोड ८२ लाख दुई हजार एक सय ९४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितीको यही माघ दुई गते आइतबार बसेको सञ्चालक समितिको ७७औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x