महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन प्रदान
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिकरूपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंककोे शंखमुल शाखाले बुद्धनगर वडा नं. १० मा अवस्थित बुद्धनगर आधारभूत विद्यालयलाई एक विशेष कार्यक्रमका बीच स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ ।
उक्त विद्यालयमा अध्ययनरत छात्राहरू महिनावारीको समयमा पनि निर्धक्क रूपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन सकून् तथा विभिन्न रोगहरूबाट बच्न स्यानिटरी प्याडको प्रयोग गर्न सहजता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको शंखमुल शाखाका शाखा प्रबन्धक पुन्य श्रेष्ठले जानकारी दिएका छन् । सोही कार्यक्रममा बोल्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष श्याम तन्डुकारले विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन प्रदान गर्नुले छात्राहरूमा विद्यालय आउने थप हौसला मिलेको बताउँदै बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् । आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू अझै प्रभावकारी रूपमा सञ्चालन गर्ने बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया