तालिमको नाममा लाखौं बजेट खर्च, उपलब्धि शून्य
आशिष बहादुर सिंह
बझाङ, माघ २६
बझाङमा तालिमको नाममा लाखौँ बजेट खर्च भएको देखिए पनि उपलब्धि भने शून्यजस्तै छ । बिषेशगरी महिलालाई सिलाइकटाइ तालिमको लागि सबै स्थानीय तहले महिला लक्षित कार्यक्रमको लागी घरेलु विकास समितिको साझेदारीमा विभिन्न तालिम सञ्चालन गर्दै आइरहेका छन् । तर उक्त तालिमहरु तालिममा मात्रै सीमित रहेको पाइएको छ । सीपयुक्त तालिम लिए पनि महिलाहरुले तालिमलाई सदुपयोग गर्नसकेका छैनन् ।
जिल्ला घरेलु तथा साना उधोग समितिले तालिम लिएका व्यक्तिहरुले तालिमको सदुपयोग नगरेको हुँदा उधोग र उद्यमीहरुको विकास हुन नसकेको बताएको छ । शुक्रबार सदरमुकाम चैनपुरमा आयोजना गरिएको स्थानीय सरकारका जनप्रतिनिधिसंग गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमको बारेमा छलफल अन्र्तक्रिया कार्यक्रममा जिल्लाभरी नै उक्त समस्या देखिएको सहभागीहरुले बताए । जिल्लामा घरेलु विकास समितिमार्फत हालसम्म २ हजारभन्दा बढी व्यक्तिहरुलाई विभिन्न प्रकारका उद्योग व्यवसाय सम्बन्धि तालिम दिएको छ ।
त्यस्तै घरेलु विकासअन्तर्गत रहेको मेडपा परियोजनाबाट पनि गएको २ वर्षमा १ हजार १८ जनालाई विभिन्न स्वरोजगारमूलक तालिम दिएको थियो । तर तालिम प्राप्त व्यक्तिहरुले तालिमलाई व्यवहारमा उपयोग भने गरेका छैनन् । मानिसहरु तालिम लिन आउने भए पनि तालिम लिएअनुसार काम नगर्ने गरेको जयपृथ्वी नगरपालिका उपप्रमुख जुना जाग्रीले बताइन् । जिल्लामा भएका एनजीओ आईएनजीओको पहिलो रोजाइ सिलाइकटाइ तालिम रहेको छ । तर सिलाइकटाइ तालिम लिएका कुनै पनि महिलाले टेलरिङको काम गर्ने गरेका छैनन् । छबिस पाथिभेरा गाउँपालिकाका उपाअध्यक्ष राधिका रताला जोशीका अनुसार सेती ट्रेनिङ सेन्टरले मात्र बझाङमा करिब ३ सय ४० जनालाई सिलाइकटाइ तालिम, मोबाईल रिपेरिङ्ग तालिम, कम्प्युटर तालिमलगायत सञ्चालन गरेको थियो ।
अधिकांश संघ/संस्थाले दिएका तालिमहरु छोटो अवधीका हुने र तालिममा सहभागीहरुले पूर्ण दक्ष नभएका कारण तालिमलाई रोजगारीको रुपमा प्रयोग गर्न नसकेको स्थानिय जनप्रतिनिधिको भनाई छ । केदारस्यू गाउँपालिकाकी उपाअध्यक्ष निशा धामी ठगुन्नाका अनुसार कतिपय संघ-संस्थाले स्थानीय तहसँग समन्वय नै नगरि तालिम सञ्चालन गर्ने गरेका छन् । गरिबी न्यूनीकरण गर्न जिल्लाका १२ वटै स्थानीय तहमा तालिम सञ्चालन गरे पनि उपलब्धि भने सन्तोषजनक नरहेको घरेलु विकास अधिकृत खडक बोहराले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नासु बमबहादुरले चुमे सगरमाथामा को शिखर
- ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा
- कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य र प्राथमिकता पेस
- नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु
- कोरोनाको नयाँ भेरियन्ट : सङ्क्रामक तर घातक कम
- तिनाउ नदीमा डुबेर मृत्यु
- धुलो उठाउन सहयोग नगरेको भन्दै सडक विभागमा महानगरको गाडीबाट धुलो झारियो
- किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा आउँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया