एनसीसी बैंक र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता
काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दैै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकहरू माझ विभिन्न प्रकारका सेवा सुविधाहरू प्रदान गर्दै आएको छ । यसै क्रममा बैंकले चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा बैंकका भिषाकार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरूलाई थप सेवासुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता गरेको जानकारी दिएको छ ।
सम्झौतामार्फत बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरूलाई चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ओपीडी र अन्य सेवाहरू (औषधि, सीटी स्क्यान र प्रत्यारोपण बिक्रीबाहेक)मा १० प्रतिशत छुट प्राप्त हुनेछ ।
देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले सातवटै प्रदेश गरी एक सय ३७ वटा शाखा, १३ एक्स्टेन्सन काउन्टर र एक सय १४ वटा एटीएममार्फत ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरूमा पनि सक्रीयरूपमा सहभागी हुँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया