नेपाल बैंक र पोखराको अतिथि रिसोर्टबीच सम्झौता
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक र पोखराको अतिथि रिसोर्टबीच सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकहरूलाई पोखरास्थित अतिथि रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
नेपाल बैंक र अतिथि रिसोर्ट यही फागुन २० गते भएको सम्झौताबमोजिम नेपाल बैंकका डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टनेट बैंकिङ र क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरूलाई र नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरूलाई अतिथि रिसोर्टमा आवासमा २५ प्रतिशत, पेय पदार्थमा १५ प्रतिशत र खानामा १० प्रतिशत लाग्ने शुल्कमा छुट दिने सम्झौता भएको हो ।
गण्डकी प्रदेशको पोखरामा भएको उक्त सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र अतिथि रिसोर्टको तर्फबाट प्रबन्धक निर्देशक भरतराज शर्माले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले अतिथि रिसोर्टले नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई विषेश छुट प्रधान गर्ने निर्णय गरेकोमा रिसोर्टप्रति हार्दिक आभार व्यक्त गरेका थिए । अतिथि रिर्सोटका प्रबन्धक निर्देशक शर्माले नेपालको ठूलो र सबल बैंकसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा यो सहकार्य थप मजबुत हुँदै जाने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा नेपाल बैंक गण्डकी प्रादेशिक कार्यालयका प्रमुख प्रतिमा श्रेष्ठ, नेपाल बैंक बजारीकरण तथा अनुसन्धान डिभिजन प्रबन्धक कृष्णहरि बुढाथोकी, बैंकका कर्मचारीहरू र अतिथि रिसोर्टका कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया