काठमाडौं, माघ २९
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक १७ दशमलव ११ अंकले बढेर १३ सय ४१ दशमलव ३८ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७५ अंकले उकालो लागेर दुुई सय ८५ दशमलव ३७ अंकमा चढेको छ । यसदिन कुुल एक सय ७५ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार १५ हजार दुई सय ३२ वटा कारोबारमा ३९ लाख ९६ हजार आठ सय ७७ कित्ता सेयर खरीदबिक्री हुँदा कारोबार एक अर्ब ५३ करोड २२ लाख ५० हजार चार सय ४० रूपैयाँ पुगेको छ ।
यसदिन नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये ट्रेडिङ समूहको सूचक १० दशमलव ६७ अंकले ओरालो लागेर सात सय ९४ दशमलव ७७ बिन्दुुमा झरेको छ भने बाँकी समूहको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १४ दशमलव ४८ अंकले उकालो लागेर ११ सय ५६ दशमलव ६९ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक १८ दशमलव ६४ अंकले उकालो लागेर १८ सय ३६ दशमलव ६७ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि नौ दशमलव ८९ अंकले उकालो लागेर एक हजार १७ दशमलव ६७ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि ७० दशमलव २२ अंकले उकालो लागेर २२ सय ६६ दशमलव ९५ अंकमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ९३ दशमलव ४७ अंकले उकालो लागेर छ हजार ६३ दशमलव ४० अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ५३ दशमलव २६ अंकले उकालो लागेर सात हजार चार सय ७६ दशमलव सात अंकमा चढेको छ । यीबाहेक होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः एक दशमलव ५६, दुुई दशमलव ९१, २० दशमलव २६, छ दशमलव ३९ र शून्य दशमलव १६ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको कालिका पावर लिमिटेडको सेयर मूल्य १० रूपैयाँले बढेर ९९ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल सेवा लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रूपैयाँ ८३ पैसाले बढेर सात सय ९३ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल हाइड्रो पावर कम्पनी, लक्ष्मी लघुुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य पाँच रूपैयाँ ८४ पैसाले घटेर ५६ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सेन्ट्रल फाइनान्सको सेयर मूल्य चार रूपैयाँ ८१ पैसाले घटेर एक सय ४१ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक रिलायन्स फाइनान्स, साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेड आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन शिवम् सिमेन्टको सबैभन्दा बढी रकम कारोबार भएका छन् । उक्त कम्पनीको प्रतिकित्ता पाँच सय ६० रूपैयाँ अन्तिम मूल्यमा १५ करोड दुई लाख १२ हजार ४५ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनआईसी एसिया बैंकको पाँच सय दुुई रूपैयाँ अन्तिम मूल्यमा ११ करोड २३ लाख २० हजार तीन सय दुुई रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक सिभिल बैंक, नागरिक लगानी कोष आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया