एनआईसी एसिया बैंकका सञ्चालक संघई सीआईपी सम्मानबाट सम्मानित
काठमाडौं, फागुन १
एनआईसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु-याएबापत नेपाल सरकारको ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’सम्मानबाट विभूषित भएका छन् । सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान हो ।
नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत मंगलबार आयोजना गरेको एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले यस बैंकका सञ्चालक संघईलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरी सम्मान प्रदान गरेका हुुन् । उनी अध्यक्ष रहेको त्रिवेणी स्पिनिङ मिल्स प्रालि (बारा) नेपालबाट तेस्रो मुलुकमा सबैभन्दा बढी रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रूपमा रहेकोले उक्त सम्मानबाट उनलाई नेपाल सरकारले विभूषित गरेको हो ।
यस बैंकका सञ्चालक संघई सम्मानित भएको अवसरमा समस्त बैंक परिवार उनलाई हार्दिक बधाईज्ञापन गर्नुका साथै आगामी दिनहरूमा यस्तै कामका लागि उनलाई थप प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेको छ । बैंकका सञ्चालक संघर्ईलाई सम्मान गरेकोमा बैंक नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गरेको छ । साथै, यस प्रकारको सम्मानबाट विभूषित भएका महत्वपूर्ण व्यावसायिक व्यक्तिहरूले नेपाल सरकारको तर्फबाट विभिन्न सुविधाहरूका साथै विमानस्थलमा भीआईपी कक्षको सुविधा, उद्योग वाणिज्यसँग सम्बन्धित सबै समारोहहरूमा प्राथमिकताका साथ आमन्त्रण र आसनग्रहणको व्यवस्थालगायत विदेशमा हुने व्यापारिक तथा औद्योगिक मेला एवं प्रदर्शनीहरूमा प्रतिनिधित्व गर्न प्राथमिकता पाउने व्यवस्थाले सम्मानित व्यक्तित्वहरूमा थप सकारात्मक ऊर्जा प्रदान हुने भई देशले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न थप योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया