कुमारी बैंकद्वारा फुड फर लाइफ नेपाललाई सहयोग
काठमाडौं, फागुन २
कुमारी बैंक लिमिटेडले फुड फर नेपाललाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत फूड फर लाइफ नेपाल नामक एक गैरसरकारी, परोपकारी संस्थालाई सहयोग पु-याएको हो । उक्त संस्थाले न्यून आम्दानीका बालबालिकालाई विद्यालयमा निःशुल्क भोजनको प्रावधान पु-याउँदै आएको छ । संस्थाको सह्रनीय प्रयत्नलाई प्रोत्साहनस्वरूप बैंकले पाँच लाखको सहयोग पु-याएको हो । पर्याप्त पोषणको कमीमा बालबालिकाको शैक्षिक नतिजा एवं समग्र विकासमा पर्नजाने नकारात्मक असरलाई कम गर्नेे उद्देश्यले बैंकले सो सहयोग पु-याएको हो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले फुड फर लाइफ नेपालकी अपरेशन प्रमुख अपरा थापा भट्टराईलाई एक समारोहमाझ उक्त सहयोग रकमबराबरको चेक हस्तान्तरण गरेका हुुन् । आफ्ना देशव्यापी एक सय २६ शाखा सञ्जाल, एक सय १७ एटीएम, छ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरू दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा यस्तै सेवामूलक तथा प्रभावकारी सेवा पु-याउँदै जाने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया