काठमाडौं फागुन ५
सिभिल बैंकले आफ्नो शाखा सञ्जालमा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लाको सुनवलमा शाखा सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमकाबीच बैंकका सञ्चालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिमबहादुर थापाले संयुक्तरूपमा उक्त शाखाको उद्घाटन गरेका हुुन् ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कैलाशेश्वर शिवालय मन्दिरमा सञ्चालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको सहयोगार्थ एक थान फ्रिज प्रदान गरेको छ । सो फ्रिज बैंकका सञ्चालक समितिका सदस्य भिमानन्द ढुंगानाद्वारा कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपालप्रसाद आचार्यलाई प्रदान गरेका हुुन् । कार्यक्रममा प्रमुख अतिथि तथा सुनवल नगरपालिकाका मेयर भिमबहादुर थापाले सुनवलमा शाखा स्थापना गरेकोमा सिभिल बैंकलाई धन्यवाद दिए । नगरवासीलाई आफूलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिन आग्रह गरे । उनले आफूसँग भएको सानो–सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न पनि आग्रह गरे ।
उक्त अवसरमा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले सिभिल बैंक सुनवल शाखाले यस क्षेत्रका सम्पूर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानीयहरूलाई उच्चस्तरीय बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागि व्यापार व्यवसाय, पर्यटनजस्ता क्षेत्रमा लगानी बढाउने बताए । उक्त समारोहका सभापति तथा सिभिल बैंकका सञ्चालक समितिका सदस्य भिमानन्द ढुंगानाले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिताविना आर्थिक समृद्धि सम्भव नहुने बताए ।
उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका सञ्चालक समितिका सदस्य भिमानन्द ढुंगाना, सुनवल नगरपालिकाका मेयर भिमबहादुर थापा, सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल, सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य, बैंकका प्रदेश ५ का प्रमुख किरण धमलालगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।
बैंकमा हाल चार लाख १५ हजारभन्दा बढी ग्राहकहरू रहेको ५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ५० अर्ब रूपैयाँ कर्जा लगानी गरेको र यस बैंकको प्रदेश नं ५ मा यस शाखासमेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा संख्या एक सय नौ पुगेकोे पनि बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया