महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकार प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रूपमा मनाउन लागेको बैंकले आफ्नो २८औँ वार्षिकोत्सवको अवसर पारेर सेदीबगर लेसाइड पोखरादेखि सराङ्कोट पोखरासम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारसँग सम्झौता गरेको हो ।
उक्त सम्झौतापश्चात् बैंकको डेबिट कार्ड, क्यूआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले केबुलकार सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैंकले विभिन्न शाखाहरूबाट जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
२८औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकले ग्राहक, सेयरधनी, नियमनकारी निकायहरूलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको अवधिमा प्राप्त सहयोगप्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ । ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं सेयरधनीहरूको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि यस बेंकले कृतज्ञता व्यक्त गर्नुका साथसाथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पु-याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया