ग्लोबल आईएमई बैंकले नयाँ कर्पोरेट कार्यालय भवन बनाउँदै
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ । उक्त भवन निर्माणका लागि डिजाइज बनाउने सम्झौता समेत गरेको छ । बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्युतीय इन्जिनियरिङलगायत दिगो डिजाइजका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबीटी प्रालिसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबीटी प्रालिका प्रमुख आर्किटेक्ट संजय बहादुर थापाबीच हस्ताक्षर भएको हो ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा बैंकको दुई सय ८८ वटा शाखा, दुई सय ६० वटा एटीएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय ७५ सेवा केन्द्रबाट २९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया