गुराँस लाइफद्वारा ११ लाखभन्दा बढी रकमको मृत्युदाबी भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले जिल्ला धादिङ, छत्रे देउराली वडा नं.–०४ बसोबास गर्ने आफ्ना बीमित स्व. दिवाकर अधिकारीको मृत्युदाबीबापतको रकम उनका इच्छाइएको व्यक्ति कुमार अधिकारीलाई हस्तान्तरण गरेको छ । स्व. दिवाकर अधिकारीले चलाएको मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा सख्त घाइते भई उपचारको क्रममा मृत्यु भएको थियो । स्व. अधिकारीले पाँच लाखको गुराँस सावधिक जीवन बीमा गरेका थिए ।
स्व. अधिकारीका हकवाला दाइ कुमार अधिकारीलाई कम्पनीले मृत्युदाबीवापत बीमांक रकम, दुर्घटना रक्षावरण लाभ रकम र आर्जित बोनस गरी ११ लाख ६७ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । शाखाप्रमुख शोभा महतले जीवन बीमा बचत मात्र नभई आर्थिक क्षतिविरुद्धको सुरक्षा पनि भएकोले जीवन बीमा सबैका लागि अपरिहार्य रहेको बताइन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया