सिटिजन्स बैंकद्वारा उदयपुरको विद्यालयलाई सहयोग
काठमाडौं, फागन ९
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित तपेस्वरी आधारभूत विद्यालय गल्फडियालाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ६० हजार रूपैयाँबराबरको आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयमा आयोजित कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
विद्यालयले निमुखा, गरिब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । उक्त सहयोग रकमबाट विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका निम्ति शैक्षिक सामग्री तथा कार्यालय प्रयोजनका लागि आवश्यक सामग्रीहरूको खरीद गर्ने कुरा विद्यालय प्रशाशनले जनाएको छ ।
यस किसिमको सहयोगले शैक्षिक सामग्रीको अभावमा पठन–पाठनमा भइरहेको कठिनाइ अन्त्य गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । अब निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा जानकारी गराएको छ ।
बैंकले हाल देशैभरि फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । यसबीचमा बैंकले बिहीबार नै थप चारवटा नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । पूजा पाठ गरी बैंकले मोरङको कन्चनबारी (राजवंशी चोक), कास्कीको हस्पिटल चोक (पोखरा) र कैलालीको अत्तरिया तथा सुखड शाखाहरू सञ्चालनमा ल्याएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया