राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता
काठमाडौं, फागुन १२
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सामाजिक सुरक्षा कोषबीच खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको समुपस्थितिमा भएको सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एक समारोहका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् ।
सम्झौतापश्चात् सामाजिक सुरक्षा कोषको विभिन्न सुरक्षा योजनामा आबद्ध भएका रोजगारदाताहरूले आफ्नो श्रमिकको योगदानबाट कट्टा हुने आधारभूत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताहरूले आफ्नोतर्फबाट योगदान गर्ने रकम २० प्रतिशतसमेत गरी जम्मा ३१ प्रतिशत रकममध्ये विभिन्न योजनाअन्तर्गत कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गर्नेछन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई सरकारी संस्थाबीच भएको सम्झौताले सामाजिक सुरक्षाको कार्यान्वयनको लागि थप सघाउ पुग्ने बताए । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा कोषको उद्देश्य तथा महत्वको बारेमा प्रकाश पारे ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले बैंकले सामाजिक सुरक्षा कोषलाई आधुनिक प्रविधिसहितको बैंकिङ सेवा दिने बताए । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरू विनयरमण पौडेल, सरोज बस्नेत, सामाजिक सुरक्षा कोषका उप निर्देशक रोहित रेग्मीलगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया