जीवन बीमक संघद्वारा दुईवटा संस्थालाई सहयोग
काठमाडौं । जीवन बीमक संघ नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार दुई संस्था काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भागवान कोइरालालाई ४० लाख र समता एडुकेसन ट्रस्टको तर्फबाट निर्देशक दिपक सन्जेललाई ३० लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम जीवन बीमक संघ नेपालका अध्यक्षलगायतका पदाधिकारीद्वारा बीमा समितिका अध्यक्ष र कार्यकारी निर्देशक समेतको उपस्थितिमा काठमाडौंको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा सम्पन्न भएको थियो । समता एडुकेसन ट्रस्ट संस्थाले देशभरि ५० हजारभन्दा बढी आर्थिकरूपले कमजोर विद्यार्थीहरूलाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच बनाउने उद्देश्यले सबै प्रदेशमा विद्यालय सञ्चालन गरेको छ ।
त्यसैगरी काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका –०७ मा सहज र सुलव मूल्यमा पेडियाट्रिक सुविधासहितका बाल अस्पताल बनाउने उद्देश्य लिएको छ भने नेपालको सातैवटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उद्देश्य लिएको छ । जीवन बीमक संघ नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले समाजलाई भलो हुने यस्ता कार्यमा आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व जारी राख्ने बताए ।
बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले राम्रो काम गर्ने समाजसेवी संस्थाहरूलाई सहयोग गर्न पाउनु खुशीको कुरा हो र संस्थागत समजिक उत्तरदायित्वअन्तर्गत सबै कम्पनीहरूले यस्ता कार्य गर्नुपर्ने बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया