१०.७५ एसबीएल डिबेन्चर २०८९ नेप्सेमा सूचीकृत
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) बीच चार अर्बको १० वर्ष अवधि भएको ‘१०.७५ प्रतिशत एसबीएल डिबेन्चर (ऋणपत्र) २०८९’ को अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको कुल ४० लाख कित्ता ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ ।
बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा निष्काशन गरिएको ४० लाख थान ऋणपत्र वितरण भई धितोपत्र विनियमावली, २०७५ बमोजिम यही साउन ३१ गते नेप्सेमा सूचीकृत भएको बैंकले जानकारी दिएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका थिए । उपरोक्तअनुसार सूचीकृत भएको ‘१०.७५ प्रतिशत एसबीएल डिबेन्चर (ऋणपत्र) २०८९’ को नेप्सेमा दोस्रो बजार कारोबार मिति २०७९ भाद्र एक गतेबाट सुरु भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया