१२ सय करोडको लागुऔषधसहित २ अफगान नागरिकलाई पक्राउ
नयाँ दिल्ली । दिल्ली प्रहरीले इतिहासमै सबैभन्दा ठूलो परिमाणको लागुऔषध बरामद गरेको बाएको छ । करिब १२ करोड बराबरको ३१२ किलो मेथाम्फेटामाइन लागुऔषध सहित दुई अफगान नागरिकलाई पक्राउ गरिएको दिल्ली विशेष प्रहरी सेलले जनाएको छ । त्यसैगरी उनीहरूबाट १० किलो शुद्ध हेरोइन समेत बरामद गरेको छ ।
आरोपीहरूलाई नयाँ दिल्लीको कालिन्दी कुञ्ज मेट्रो स्टेशन नजिकैको मेथापुर रोडबाट पक्राउ गरिएको हो । सन् २०१६ देखि भारतमा बस्दै आएका २३ वर्षीय मुस्तफा स्टानिकजा र ४४ वर्षीय रहिमुल्लाह रहिमलाई विदेशबाट सञ्चालित लागुऔषध तस्करको ठुलो मात्रा दिल्लीमा ल्याइने भएको सूचना पाएपछि दिल्ली प्रहरीले पक्राउ गरेको बताएको छ ।
एसीपी ललित मोहन नेगी र हृदय भूषणको नेतृत्वमा रहेको टोलीले इन्स्पेक्टर विनोद कुमार बडोला र इन्स्पेक्टर अरविन्द कुमार र एसआई सुन्दर गौतम र एसआई यशपाल सिंहको सहयोगमा ती व्यक्ति पक्राउ गरेको हो । दुई अफगानी नागरिकलाई पक्राउ गर्दै अन्तरराष्ट्रिय सिंथेटिक लागुऔषध कारोबारीको पर्दाफाश गरिएको प्रहरीको दाबी छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नासु बमबहादुरले चुमे सगरमाथामा को शिखर
- ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा
- कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य र प्राथमिकता पेस
- नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु
- कोरोनाको नयाँ भेरियन्ट : सङ्क्रामक तर घातक कम
- तिनाउ नदीमा डुबेर मृत्यु
- धुलो उठाउन सहयोग नगरेको भन्दै सडक विभागमा महानगरको गाडीबाट धुलो झारियो
- किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा आउँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया