एभरेष्ट बैंकका ग्राहकलाई सोल्टी होटलमा छुुट
काठमाण्डौं,फागुन १६
एभरेष्ट बैंक लिमिटेडल र सोल्टी इन्टरप्राइजेज प्रालिबीच एभरेष्ट बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्न साझेदारी भएको छ । काठमाडौँंको सोल्टी क्राउन प्लाजा प्रदेश नं. ३ को पाँच तारे होटल हो र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टइन्ड प्रदेश नं. ५ को पाँच तारे होटल हो जुन यस क्षेत्रमा विलासी प्रोपटिज र पौराणिक आतिथ्यप्रतिको योगदानका साथ समृद्ध इतिहास र नेपाली पर्यटन उद्योगमा अग्रगामीका रूपमा प्रख्यात छन् । एम्ओयूमा हस्ताक्षर भएअनुसार एभरेष्ट बैंकका ग्राहकले निर्धारित मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
उक्त सम्झौताअनुसार एभरेष्ट बैंकका ग्राहकहरूले आफ्नो एटीएम वा क्रेडिट कार्डमार्फत छुट प्राप्त गर्नेछन् । एभरेष्ट बैंक सदैव ‘सभिर्स विथ स्माइल’ नाराका साथ ग्राहकका लाभ र सन्तुष्टिमा केन्द्रित रहेको छ ।एभरेष्ट बैंकको ग्राहक आधार संख्या १० लाखभन्दा बढी रहेको छ, जुन बैंकिङ क्षेत्रकै उच्च हो । एभरेष्ट बैंक, हालै बेष्ट म्यानेज्ड कमर्सियल बैंक २०१९ बाट सम्मानित हुनुका साथैै क्यामेल्स रेटिङअन्तर्गत बेष्ट रेटेड कर्मसियल बंैक बन्न सफल भएको छ । बैंकले ९५ स्थानीय शाखा, तीन एक्सटेन्सन काउन्टर, ३० राजस्व संकलन काउन्टर, एक सय २२ एटीएमबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया