प्रोग्रेसिभ फाइनान्सको ‘संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम’
काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले यही असोज आठ गते शनिबारका दिन आफ्ना सम्पूर्ण १७ वटै शाखा कार्यालय क्षेत्रवरपर रहेका सांस्कृतिक र धार्मिक स्थलहरूमा सरसफाइ कार्यक्रम आयोजना गरेको जनाएको छ ।
उक्त अवसरमा फाइनान्सको तीनकुने शाखाबाट कोटेश्वर महादेवस्थान परिसरमा सरसफाइका साथै फोहोर संकलन गर्ने सामग्री र अन्य सरसफाइ सामग्रीहरू कोटेश्वर महादेव मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी हेटौंडा शाखाले पशुपति मन्दिर परिसर, पुल्चोक शाखाले शाखा रहेको क्षेत्रवरिपरि, सबै शाखाले बजार क्षेत्रमा अवस्थित दुर्गा मन्दिर परिसर, पाटन सुन्धारा शाखाले त्वायाबहा मन्दिर परिसरलगायत अन्य शाखा कार्यालयहरूले स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएका यस्तो कार्यक्रमको मुख्य उद्देश्य सरसफाइसम्बन्धी जनचेतना फैलाउनु तथा हाम्रा धार्मिक तथा सांस्कृतिक धरोहरहरूको जगेर्ना गर्नु नै रहेको विचार व्यक्त गरेका छन् । फाइनान्सले १७ वटा शाखा कार्यालय तथा चारवटा विस्तारित काउन्टरहरूमार्फत वित्तीय सेवा उपलब्ध गराइरहेको छ ।
संस्थाले निकट भविष्यमा पाँचवटा शाखा कार्यालयहरू थप गर्ने योजना बनाएको छ । आधुनिक डिजिटल बैंकिङ सेवाहरू प्रवाह गर्दै आएको यस वित्तीय संस्थाले हालै लकर सुविधा पनि उपलब्ध गराएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया