Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजनकपुरधाममा दशैं बजार सञ्चालन

जनकपुरधाममा दशैं बजार सञ्चालन


जनकपुरधाम । हिन्दूहरूको महान् पर्व दशैँको अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा लाग्ने दशैँ (सस्ता) बजार यसवर्ष पनि सुरु भएको छ । सोमबारदेखि सुरु भएको सस्तो बजार असोज १७ गतेसम्म जनकपुरधामको गोपाल धर्मशालामा लाग्ने बताइएको छ ।

सो दशैँ बजारको सोमबार मधेश प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्री शत्रुघन महतोले उद्घाटन गरेका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको दशैँ बजारको उद्घाटनसत्रमा बोल्दै वक्ताहरूले यो बजारमा उपभोक्ताहरूको विस्वास रहेकाले उचित मूल्यमा गुणस्तरीय सामानहरू बिक्री गर्न व्यवसायीहरूलाई आग्रह गरेका थिए । बजार स्थलमा धर्मशालाको बाहिर ६० र भित्र ३४ गरी कुल ९४ वटा स्टलहरू रहेको दशैँ बजार व्यवस्थापन मूल समितिका सदस्यसचिव तथा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।

कार्यक्रममा मन्त्री महतोले सीमापारबाट कच्चा पदार्थ ल्याएर सानो उद्योग सञ्चालन गरिरहेको अवस्थामा यस क्षेत्रका उपभोक्ताहरू सीमापारबाट सामान ल्याउँदा व्यापारमा ह्रास आएको बताए । यसका लागि उपभोक्ता र उद्योगी व्यवसायीबीचको समन्वयको आवश्यक्ता रहेको उनको भनाइ थियो । कार्यक्रममा दशैँ बजार व्यवस्थापन समितिका अध्यक्ष तथा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सीमापारबाट उपभोग्य सामानहरू ल्याउन आम नागरिकले सिफारिस लिन आउने गरेको बताउँदै यहाँको व्यवसायलाई सक्षम बनाउन त्यस्ता काम रोक्न आफू तयार रहेको बताए ।

कार्यक्रममा जनकपुरधामका मेयर मनोज साहले निजी क्षेत्रले नै बजार धान्ने गरेकाले यस क्षेत्रलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने बताए । एक सातासम्म लाग्ने दशँै बजारमा साबुन, सर्फ, चाउचाउ, अगरबत्ती, कपडालगायतका दैनिक उपभोग्य सामानहरू होलसेल दरमा खुद्रा बिक्री गरिने भएकाले उपभोक्ताहरूको उपस्थिति बढ्ने आयोजकको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x